×

NMB BANK
NIC ASIA

यी कारणले नेपाल बजारमा सुनको भाउ लगातार घट्दै

फागुन २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली  बजारमा सुनको  मूल्य  निरन्तर  ओरालो  लागेको  छ। शुक्रबार  छापावाल  सुनको  मूल्य  ८५  हजार छ  सय  रुपियाँमा  कारोबार  भएको  छ  भने तेजाबी सुनको मूल्य ८५ हजार १५० रुपियाँमा कारोबार भएको छ। विगत एक साताअघि सुनको मूल्य ८८ हजार  आठ  सय  रुपियाँ  थियो। यसमा  सामान्य  उतारचढाव  हुँदै गत  १९  गतेदेखि  भने  निरन्तर ओरालो   लाग्दै   आएको   हो। करिब  आठ  महिनापछि  सुनको मूल्य  ८६  हजार  रुपियाँबाट  तल झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।  

Muktinath Bank

 अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यमा  कमी  आउन  थालेकाले नेपाली  बजारमा  पनि  त्यसको प्रभाव  परेको  हो।  अन्तर्राष्ट्रिय बजारमा शुक्रबार नेपाली समयअनुसार  बिहान  साढे  १० बजेको  समयमा  प्रतिऔँस  १६९३ डलरमा  कायम  भएको  छ  भने चाँदी  २५.१७  डलरमा  कारोबार भएको  छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 नेपाली  बजारमा  भने  भारतीय बजारको  मूल्य  पनि  हेरेपछि  बजार  भाउ तोकिने गरेको छ। नेपाली  बजारमा  चाँदी  प्रतितोला  एक हजार  २५०  रुपियाँमा  किनबेच  भएको  छ। यो  अघिल्लो  दिनको  तुलनामा  करिब  ३५ रुपियाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष   तेजरत्न   शाक्य   अन्तर्राष्ट्रिय बजारमा  सुनको  मूल्य  अझै  घट्ने  अनुमान गर्न थालिएको बताउँछन् ।  उनका अनुसार सुन प्रतिऔँस  एक हजार ६ सय डलरसम्म झर्ने  पछिल्लो  अनुमान  छ।  


Advertisment
Nabil box
Kumari

उक्त  तहसम्ममा झरेमा  नेपाली  बजारमा  प्रतितोला  ८०  हजार रुपियाँसम्म ओर्लन सक्छ। अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले डलर मजबुत बनाउने, श्रमिकको  पारिश्रमिक  बढाउने,  मुद्रास्फीति रोक्नेलगायतका  उद्देश्यले  १.९३  ट्रिलियन (२२६  खर्ब  रुपियाँभन्दा  बढी)को  परियोजना अगाडि  सारेकाले  पनि  सुनको  मूल्य  घट्न थालेको विश्लेषण गरिएको  छ। त्यस्तै  विश्वभर  कोभिडको  भ्याक्सिन पत्ता लागेका कारण पनि सुनमा भएको लगानी क्रमशः  अन्यत्र  जान  थालेकाले  बिक्रीको  चाप बढेको  छ।  सुनका  लगानीकर्ता  सुन  बिक्री गरेर  चाँदीमा  लगानी  गर्न  उत्साहित  देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताउन थालेका छन् ।

Vianet communication
Laxmi Bank

यसबाट  सेतो धातु चाँदीको मूल्य भने बढ्ने अनुमान गरिएको छ। त्यस्तै अमेरिका र चीनबीचको ट्रेड वार केही मत्थर हुनुलाई पनि सुनको मूल्य घट्नुको कारण मानिएको छ।  माग बढेपछि कालोबजारी हावी नेपाली    बजारमा    सुनको    मूल्य ओरालो  लागेको  र  नयाँ  वर्षमा  हुने  विवाह, व्रतबन्धलगायतका   अन्य   धार्मिक   कार्यका लागि सुनको जोहो गर्ने ग्राहक बढ्न थालेका  व्यवसायीहरूले  बताएका छन्। गोरखापत्रमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x