२३ जेठ २०८३, शनिबार

नेकपा ओली समूहको संसदीय दलको बैठक बस्दै, बहुमत सांसद उपस्थित हुने दाबी

फागुन २२, २०७७
नेकपा ओली समूहको संसदीय दलको बैठक बस्दै, बहुमत सांसद उपस्थित हुने दाबी
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक बालुवाटारमा बस्ने भएको छ ।

सांसदहरू आउने क्रम जारी रहेको र केही बेरमा बैठक बस्ने सांसद खिमलाल भट्टराईले लोकान्तरलाई बताए ।

उनले १ सय १४ भन्दा बढीको उपस्थिति हुने दाबीसमेत गरेका छन् ।

'सांसदहरू आउने क्रम जारी छ,' भट्टराईले भने, 'बहुमत सांसदहरू आइसक्नुभएको छ । १ सय १४ भन्दा बढी सांसदहरू बैठकमा आउने अनुमान छ ।'

शनिवार अपराह्न ३ बजे ओली समूहले संसदीय दलको बैठक बोलाएको हो ।

भट्टराईले दाबी गरेको उपस्थिति प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सांसदहरूको संख्या हो ।

प्रतिनिधिसभामा रहेका नेकपाका सांसदहरूको संख्या १७४ छ । जसमध्ये एकजनाको निधन भएको छ भने सभामुख तटस्थ रहन्छन् ।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षबाहेक नेकपाको कूल सांसदको संख्या २ सय २१ हो ।

शुक्रवार बसेको नेकपाको प्रचण्ड-नेपाल पक्षले पनि आफूतिर बहुमत रहेको दाबी गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्