१२ असार २०८३, शुक्रबार

ललितपुर महानगरमा कांग्रेसले लियो १५ सयको अग्रता, यस्तो छ ताजा नतिजा

कात्तिक २०, २०७४
ललितपुर महानगरमा कांग्रेसले लियो १५ सयको अग्रता, यस्तो छ ताजा नतिजा

ललितपुर ८ जेठ– ललितपुर महानगरपालिकाको मेयरका लागि भएको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले १ हजार ५ सयको अग्रता कायम राखेका छन् ।

सोमवार दिउसोसम्मको मतगणना परिणाम अनुसार कांग्रेस उम्मेदवार महर्जनले २० हजार ३ सय ७० मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १८ हजार ७ सय ८३ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका दिनेश महर्जन दिपेशले ६ हजार १ सय ८२ मत पाएका छन् ।

उपमेयरमा नेपाली काग्रेसकी उम्मेदवार गीता सत्यालले १७ हजार ६ सय ७ मत प्राप्त गरेकी छन् । साझा पार्टीका उम्मेदवार शोभा शाक्यले १२ हजार १सय ३० भोट पाएकी छन् ।

कमेन्ट गर्नुहोस्