पुस २८, २०८०
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
फागुन २३, २०७७
आजदेखि दोस्रो चरणको खोप कार्यक्रम शुरू हुँदैछ । यो चरणमा सरकारले ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिँदैछ । अधिकांश जेष्ठ नागरिकमा दीर्घरोग हुने भएकाले खोपको डर र दुविधा अझै हटेको छैन । खोप लगाउने निर्णय गर्नका लागि तलका बुँदा बुझ्नु उपयोगी हुनेछ ।
१. खोप किन लगाउने ?
खोप जीवनरक्षाको लागि लगाउने हो न कि समस्या उत्पन्न गर्नका लागि । यदि कोरोना महामारीको अर्को लहर शुरू भयो वा हामीकहाँ सुषुप्त अवस्थामा रहेको कोरोना संक्रमण सर्यो भने जीवनको जोखिम हुने जेष्ठ नागरिक र दीर्घबिरामीलाई हो । तसर्थ खोपको अत्यावश्यक समूह यही नै हो । विश्वका अधिकांश देशमा जेष्ठ नागरिकले पहिलो प्राथमिकतामा खोप लगाएका छन् ।
२. खोपको अवस्था कस्तो छ ?
- केही दिनअघि युरोपबाट २ लाख ५० हजार डोज खोप अस्ट्रेलियाले आफ्नो देशमा लैजाने क्रममा इटलीले उक्त खोप अस्ट्रेलिया लैजानबाट रोक्यो । युरोपमा दोस्रो लहरले जनजीवन आक्रान्त भएका बेला युरोपबाट बाहिर खोप लैजान दिनुहुँदैन भन्ने इटलीको तर्क थियो । अस्ट्रेलियाको सरकारले इटलीसँग त्यो खोप नरोक्न अनुरोध गरिरहेको छ ।
- जनवरी १८ मा टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार भारतको कर्नाटकमा जम्मा २१ डोज खोपको हिसाब नमिलेको हुँदा त्यो अनुसन्धानको विषय बन्यो ।
- बेलायतले आफ्ना नागरिकलाई एक मात्रा मात्र खोप लगाउन पाए ३ महिना नागरिकलाई बचाउन सकिन्थ्यो भनेर खोपको लागि निकै पापड बेलेको छ ।
- आफ्नो जनसंख्याभन्दा ५ गुणा बढी खोपको अग्रिम बूकिङ गरेको क्यानडाले अहिले निकै कम खोप पाएको छ र त्यहाँ खोप सहज भएको अवस्था छैन ।
विश्वका हरेक देशमा खोपको चरम अभाव छ । यो अवस्थामा नेपालजस्तो अल्पविकसित मुलुकले खोप पाउनु ठूलो प्राप्ति हो । नेपाल सरकार तथा भारत सरकारको विशेष सक्रियताका कारण हामीले गुणस्तरीय खोप पाएका छौं । खोपको सवालमा नेपाल भाग्यमानी राष्ट्रको अग्रपंक्तिमा पर्दछ ।
अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, स्विट्जरल्यान्ड, इजरायल तथा युरोपियन युनियन लगायतका १४ % धनी देशले ८६ % अन्य देशको बराबर खोप बूकिङ गरेका छन् । खोप राष्ट्रवाद वा बजारीकरणबाट उठेर मानवतातर्फ मोडिएन भने ८६ % देशले २०२२ सम्म मात्र पर्याप्त खोप पाउने स्थिति छ ।
३. खोपको असर कति घातक ?
हामीले मानसिक तयारी के गर्नुपर्छ भने खोप लगाएपछि रिंगटा लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी लाग्ने, थकाइ लाग्ने, टाउको दुख्ने, जाडो हुने, जोर्नी दुख्ने, सुई लगाएको ठाउँमा दुख्ने लगायत बिसञ्चो महशुस हुनसक्छ । यो जुनसुकै खोप लगाउँदा पनि हुनसक्छ । पारासिटामोल लगायतका औषधि तथा आरामले यो अवस्था २-४ दिनमा ठिक हुन्छ । लाखौंमा १ जनालाई खोपको रियाक्सन हुनसक्छ । यस्तो घटना कसलाई हुन्छ भन्ने थाहा हुँदैन ।
४. कसले खोप लगाउनु हुँदैन ?
विगतमा कुनै खोप, औषधि वा खानाले गम्भीर असर देखिएका व्यक्ति, अहिले ज्वरो / रुघाखोकी / कोरोना संक्रमण वा अन्य कारणले बिसञ्चो भइरहेका व्यक्ति, क्यान्सरको तेस्रो / चौथो स्टेजमा पुगेर केमोथेरापी लिइरहेका बिरामी, अंग प्रत्यारोपण गरेर वा अन्य अवस्थाले कडा स्टेरोइड लिइरहेका व्यक्ति, छारेरोग वा अन्य न्युरोलोजिकल समस्या भएका व्यक्ति, सिकिस्त बिरामी, कोभिड निमोनिया भएर आईसीयूमा बसेका तथा हालसम्म पनि समस्या भएका व्यक्ति आदिले अहिले नलगाउनु उचित हुन्छ ।
५ . कुन–कुन रोग भएका वा औषधि सेवन सेवन गरेका व्यक्तिले खोप लिने ?
उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल, थाइराइडको समस्या, प्रोस्टेटको समस्या आदि भएर औषधि खाइरहेका व्यक्तिले खोप केन्द्रमा परामर्श गरेर खोप लिन हुन्छ ।
रगत पातलो गराउने एस्पिरिन लगायत औषधि सेवन गरेका व्यक्तिले खोप लगाउन हुन्छ भनेर भारतको मेडिकल काउन्सिल ( आईसीएमआर ) ले बताएको छ ।
रगत पातलो गर्ने औषधि, दमको औषधि लिइरहेका व्यक्तिले, एकपटक हृदयाघात भएका व्यक्ति, मुटुमा स्टेन राखेका, सिकल सेल एनेमिया वा प्लेटलेटको समस्या भएका व्यक्ति आदिले आफ्नो विज्ञ चिकित्सकसँग सम्पर्क गरेर मात्र खोप लिनु राम्रो हुन्छ ।
५. खोप लगाउँदा वा लगाएपछि के गर्ने ?
खोप केन्द्रमा जाँदा मानसिक रूपमा तयार भएर तथा आत्मबल बढाएर मात्र जानुपर्दछ । डर, चिन्ता, शंका तथा अविश्वास बोकेर खोप केन्द्रमा जानु हुँदैन । आफूले खाएका औषधि तथा आफ्नो रिपोर्ट खोप केन्द्रमा देखाएर, पर्याप्त छलफल गरेर खोप लगाउनु उपयुक्त हुन्छ । त्यस्तै खोप लगाउन जाँदा खाना तथा पानी प्रशस्त सेवन गरेर जानुपर्दछ । खोप लगाएपछि आधाघण्टा खोप केन्द्रमा आराम गर्नुपर्छ । खोपको रियाक्सन ( एनाफाइलेक्सिस् ) भएमा तुरुन्त उपचार गर्न सजिलो होस् भनेर आधा घण्टा खोप केन्द्रमा बस्नुपर्छ । खोप लगाएपछि २-३ दिन आराम गर्नु उपयुक्त हुन्छ । कारणवश एलर्जी भएमा वा गाह्रो भएमा तुरुन्तै अस्पताल जानुपर्दछ ।
६. खोपले कति समयपछि काम गर्छ ?
विभिन्न अध्ययनले देखाएका छन् कि कोभिशिल्ड खोप लगाएपछि कोरोना संक्रमण हुने सम्भावना ६७ % कम हुन्छ । कारणवश संक्रमण भएमा गम्भीर हुने वा मृत्यु हुने सम्भावना अत्यन्त न्यून हुन्छ । पहिलो खोप लगाएको २२ दिनपछि ३ महिनासम्म खोपले राम्रो काम गर्छ । २ देखि ३ महिनासम्म दोस्रो मात्रा लगाएपछि हाम्रो शरीरमा कोरोना भाइरसविरुद्धको पर्याप्त एन्टिबडी बन्दछ । यो एन्टीबडीले कति लामो समयसम्म काम गर्छ भन्ने समयले पुष्टि गर्नेछ ।
७. खोप लगाएपछि के खानु हुँदैन ?
खोप लगाएपछि जाँडरक्सी नखानु राम्रो हुन्छ । रक्सीले शरीरमा पानीको कमी गर्ने तथा इम्युनिटी पावर बढ्ने प्रक्रियामा नकारात्मक भूमिका खेल्न सक्छ । अन्य खाना सबै खान सकिन्छ । आफूले सेवन गरिरहेका औषधि छोड्नु हुँदैन ।
८. खोप लगाएपछि अन्य के गर्नुपर्दछ ?
२ डोज खोप लगाएपछि यदि महामारी फैलियो भने खोप लगाएका व्यक्ति सुरक्षित हुन्छन् । तर महामारी नियन्त्रण हुने बेलासम्म मास्क लगायत जनस्वास्थ्यका मापदण्ड अवलम्बन नगरेमा खोप लगाएका व्यक्तिलाई पनि कोरोना सर्न सक्छ । उक्त भाइरसले खोप लगाएका व्यक्तिलाई असर नगरेपनि खोप नलगाएका व्यक्तिलाई सर्न सक्छ र उनीहरू गम्भीर हुन सक्छन् । तसर्थ बहुजन हितायका लागि हामीले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्दछ ।
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...