१४ असार २०८३, आइतबार

काठमाडौंको ताजा मतपरिणामः एमालेको अग्रता कायमै

कात्तिक २०, २०७४
काठमाडौंको ताजा मतपरिणामः एमालेको अग्रता कायमै

काठमाडौं, ८ जेठ– जारी मतगणनाको पछिल्लो परिणामअनुसार काठमाडौं महानगरपालिकाको मेयरका लागि नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य ३१ हजार ५ सय ५५ मतसहित अग्रस्थानमा छन् ।

नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले २२ हजार ४ सय २१ मत ल्याउँदा विवेकशील नेपाल पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने (दर्शना)ले १२ हजार १ सय ३३ मत प्राप्त गरेकी छन् ।

यस्तै साझा पार्टीका उम्मेदवार ९ हजार २ सय ३२ मतसहित चौथो स्थानमा रहँदा माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोल ३ हजार ४ सय ५४ मतसहित पाँचौ स्थानमा संघर्षरत छन् ।

salt training

कमेन्ट गर्नुहोस्