१० साउन २०८३, आइतबार

भरतपुरमा साढे ३ हजार मतले पछि परिन् रेणु

कात्तिक २०, २०७४
भरतपुरमा साढे ३ हजार मतले पछि परिन् रेणु

चितवन, ८ जेठ– जारी मतगणनाको पछिल्लो परिणामअनुसार भरतपुर महानगरपालिकाको मेयर लागि कांग्रेस–माओवादी गठवन्धनकी साझा उम्मेदवार माओवादी नेत्री रेणु दाहाल एमाले उम्मेदवार देवि ज्ञवालीभन्दा ३ हजार ४ सय ८० मतले पछि परेकी छन् ।

पछिल्लो परिणाम अनुसार नेकपा एमालेका देवी ज्ञवालीले २३ हजार ३ सय ४८ मत ल्याउँदा माओवादीकी उम्मेदवार रेणु दाहालले १९ हजार ८ सय ६८ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा भने कांग्रेस उम्मेदवार पार्वती शाहले २२ हजार ७ सय ५३ सहित अग्रता कायम राखेकी छन् । एमालेकी उम्मेदवार दिव्या अर्याल १९ हजार ८ सय ६९ मत सहित पार्वतीलाई पछ्याइरहेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्