०८ असार २०८३, सोमबार

जब ललितपुर महानगरका तीन मेयरका उम्मेदवारले कानेखुसी गरे ...

कात्तिक २०, २०७४
जब ललितपुर महानगरका तीन मेयरका उम्मेदवारले कानेखुसी गरे ...

ललितपुर, ८ जेठ– तस्वीरमा देखिएका यी तीन पात्रलाई चिन्नुहुन्छ ? यी हुन् ललितपुरले केही दिनमा पाउँन लागेका मेयर । यी मध्ये कोही एकले काठमाडौं उपत्यकाको एक उपमहानगरपालिकाको मेयरको कुर्सीमा बस्ने छन् ।

ढाका टोपीमा सजिएका व्यक्ति चिरीबाबु महर्जन हुन् भने बीचमा रहेका व्यक्ति एमालेका हरिकृष्ण व्यञ्जनकार हुन् । त्यस्तै क्याप टोपीमा सजिएका नेकपा माओवादी केन्द्रका दिनेश महर्जन हुन् । यी तीन प्रतिस्पर्धी २१ र २२ नम्बर वडामा मतपरिणामका विषयमा भएको विवाद मिलाउन प्रयासरत थिए ।

दुवै वडामा माओवादी केन्द्रले जित निकालेको थियो । २२ नम्बर वडामा माओवादीका अमिरमान शाक्यले २ मत अन्तरले जितेका थिए ।

तर, महानगरको मतगणना शुरु भएको हप्ता दिन वितिसक्दा पनि चुनावी परिणाम सार्वजनिक हुनसकेको छैन । र, अझै केही दिन लाग्ने भएपछि यी उम्मेदवारका प्रत्यासीहरु मतगणना स्थल महिला प्रशिक्षण प्रतिष्ठानमा खटिरहेका छन् ।

चुनावी मत गणनामा पालैसँगै पल्लाभारी भइरहेका कारण पनि यी ललितपुरको मेयरमा कसले जित्छ भन्ने आकलन समेत गर्न सकिएको छैन ।

२९ वडा रहेको ललितपुर महानगरमा २३ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसक्दा कसले मेयरको पदमा जित निकाल्छन् भन्ने आकलन गर्न उम्मेदवारहरुले पनि सकिरहेका छैनन् ।

ललितपुर महानगरपालिकामा मेयर पदमा उम्मेदवार दिएका नेपाली कांग्रेसका तर्फबाट चिरीबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण ब्यञ्जनकार, माओवादी केन्द्रबाट दिनेश महर्जन, साझापार्टीका तर्फबाट रमेश महर्जन प्रतिस्पर्धामा छन् ।

९ दिन देखि जारी मतगणनाको सुरुवाती दिनहरुमा नेकपा एमालेले अग्रता लिएको भएपनि पछिल्ला केही दिन देखि नेपाली कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसल २ हजार बढीको अग्रता कायम गरेको भएपनि सोमबार ५ बजे एमालेले उक्त अन्तरलाई घटाएर २ सय भन्दा कम अन्तरमा ल्याएको छ ।

नेपाली कांग्रेसका चिरिबाबु महर्जन २ सय कम मतका साथ अगाडि रहँदा एमालेका मेयर उम्मेदवार हरिकृष्ण ब्यञ्जनकार महर्जनलाई उछिन्न सकिने आशामा छन् ।

त्यस्तै साझा पार्टीका रमेश महर्जनले मेयरमा उल्लेखनीय भोट ल्याइरहेका छन् । तर, माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवार दिनेश महर्जनले भने नेपाली कांग्रेस र एमालेका उम्मेदवारको दाँजोमा कम मत ल्याएका छन् ।

हालसम्मको मतगणना अनुसार चिरीबाबुले मेयरपदमा २३ हजार १ सय ४० मत ल्याएर अगाडि छन् भने एमालेका हरिकृष्णले २२ हजार ९ सय ७३ मत ल्याएर मतान्तर कम गर्दैछन् । अहिले चिरीबाबु र हरिकृष्णको मतान्तर १ सय ६७ छ ।

salt training

कमेन्ट गर्नुहोस्