३० जेठ २०८३, शनिबार

हेर्दाहेर्दै बच्चीलाई सामुन्द्रिक सिंहले आक्रमण गरेपछि ...भिडियोसहित

कात्तिक २०, २०७४
हेर्दाहेर्दै बच्चीलाई सामुन्द्रिक सिंहले आक्रमण गरेपछि ...भिडियोसहित
८ जेठ –ब्रिटिस कोलम्बिया घुम्न गएका पर्यटक एक्कासी तर्सिए जब ‘सी लायन’ नामक सामुन्द्रिक जीवले एउटी सानी बालिकालाई आक्रमण गरेर पोखरीमा पछा-यो ।


माइकल फुजिवारा शनिवार ब्रिटिस कोलम्बियास्थित रिचमण्डको एक पोखरीको डिलमा बसिरहेकी थिईन् । उनी त्यहाँ बसिरहँदा सी लाईनले पानीमाथि मुन्टो निकालेको देखेपछि आफ्नो सेलफोनबाट भिडियो सुट गर्न लागिन् ।
ती बालिकासहित उनको परिवारलाई लायनले बडा ध्यानपूर्वक हेर्न थाल्यो । उनिहरू पनि लाईनको थप नजिक पुगे ।

लायनलाई देखेर उनको परिवारले आहार दियो । लायनले खुसी भएर आहारा खान थाल्यो भने ती बालिका त्यसको भिडियो खिच्न थालिन् ।

केही छिनपछि लायन बालिकाको नजिक आएर सुसाउन थाल्यो, बालिका थप उत्साहित देखिईन् ।

त्यसको केही छिनपछि लायन बालिकाको कम्मरमुनी झुण्डिएको कपडा च्यापेर पानीमा पछा-यो ।

बालिकालाई लायनले पानीमा झ्याकेपछि उनको परिवारका एक सदस्य पोखरीमा हाम्फालेर उनको उद्दार गरेको भिडियोमा पनि देख्न सकिन्छ ।

भाग्यवस ! लायनको आक्रमणबाट उनिहरू दुवैजनालाई खतरा भने भएन ।

एजेन्सिको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्