२४ जेठ २०८३, आइतबार

लेखराज भट्टको निहुँमा ओली र नेपाल पक्षबीच धनगढीमा कुटाकुट !

फागुन २६, २०७७
लेखराज भट्टको निहुँमा ओली र नेपाल पक्षबीच धनगढीमा कुटाकुट !

कैलालीमा एमालेका दुई समूहबीच कुटाकुट भएको छ ।

प्रदेश पार्टी कार्यालयमा प्रदेश इञ्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि ओली समूह र माधव समूहका कार्यकर्ताबीच कुटाकुट भएको हो । 

नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए । 

उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इञ्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाए ।

यसक्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ताबीच नाराबाजी भएको थियो ।

विवाद बढ्दै गएपछि कुटाकुटको स्थिति आएको हो ।

salt training

कमेन्ट गर्नुहोस्