२४ जेठ २०८३, आइतबार

सत्ता सहकार्यबारे प्रचण्डद्वारा पेरिसडाँडामा महन्थ र राजेन्द्रसँग छलफल

फागुन २६, २०७७
सत्ता सहकार्यबारे प्रचण्डद्वारा पेरिसडाँडामा महन्थ र राजेन्द्रसँग छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष महन्थ ठाकुर तथा राजेन्द्र महतोबीच पेरिसडाँडामा छलफल भएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बुधवार दिउँसो माओवादीको केन्द्रीय कार्यालय पुगेका हुन् । 

प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले जसपाका नेताहरूसँग अध्यक्ष प्रचण्डले छलफल गरेको जानकारी दिए ।

बुधवार बसेको नेकपा स्थायी कमिटी बैठकले नयाँ सरकार गठनका लागि कांग्रेस र जसपासँग थप पहल गर्ने निर्णय गरेको थियो । 

मध्याह्न बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले हिजो कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको भेटवार्ताबारे ब्रिफिङ गरेका थिए ।

प्रचण्डले हिजो नै जसपा नेता बाबुराम भट्टराईसँग परामर्श गरेका थिए । 

माओवादी केन्द्रले नयाँ समीकरण नबन्दासम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो । 

बुधवार संसद् भवनबाट बाहिरिने क्रममा जसपा नेता महतोले आफूहरूका माग पूरा गर्नेलाई समर्थन गर्ने बताएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्