०९ साउन २०८३, शनिबार

नेपालबारे भारतलाई चीनको सन्देश

कात्तिक २०, २०७४
नेपालबारे भारतलाई चीनको सन्देश

नेपाललाई सदैव आफ्नो करेसाबारी ठान्ने भारतीय सोच न यथार्थमा आधारित छ न सम्भावनाकै कुरो हो-चीनको अङ्ग्रेजी अखबार 'ग्लोबल टाइम्स' ले सोमवार विचार पातोमा लेखेको छ।china

आगामी माघ २८ गते चीन-नेपाल संयुक्त सैनिक अभ्यास हुने कुरालाई लिएर भारतका सञ्चारमाध्यमले गरेको हल्लीखल्लीप्रति सङ्केत गर्दै लेखक सु लिपिङ् भन्छन्: यसमा भारतले गहिरो अर्थ खोज्नु आवश्यक छैन। परम्परा अनुकूल भएन भन्नु पनि सुहाउने कुरो होइन।

चीन र नेपाल हिमालयमा सीमा जोडिएका देश हुन्। आ-आफ्नो हित हेर्ने हो; अरू कसैको अहित गर्ने होइन।

भारत चीनले नेपालमा पारेको सोझो प्रभाव वरपर विस्तार हुने ठान्दछ; त्यसो होइन,हुँदैन।
सैनिक अभ्यासले आपसी सम्बन्ध बलियो भै छर-छिमेकमा विश्वासको वातावरण निर्माण हुनेछ-सु लेख्छन्।

भारत खुला र उदार हुनुपर्छ, यो उसको अहितमा हुँदैन।

salt training

कमेन्ट गर्नुहोस्