०१ असार २०८३, सोमबार

लुम्बिनी प्रदेशमा कांग्रेसको कार्यदल गठन

फागुन २६, २०७७
लुम्बिनी प्रदेशमा कांग्रेसको कार्यदल गठन
फाइल फोटो

लुम्बिनी प्रदेशको विपक्षी दल नेपाली कांग्रेसले सत्ता समीकरणलगायत विषयमा अरु दलसँग छलफल गर्न आज कार्यदल गठन गरेको छ ।

कांग्रेस प्रदेशसभा संसदीय दलले प्रमुख सचेतक फखरुद्दिन खानको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो ।

कार्यदलमा वीरबहादुर राना र रमा अर्याल सदस्य रहेका छन् ।

फागुन २३ गते आएको नेकपासम्बन्धी निर्णयबाट उत्पन्न परिस्थितिबारे दलहरूसँग छलफल गर्न कार्यदल बनाइएको लुम्बिनी प्रदेशका संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्