१४ असार २०८३, आइतबार

हावाहुरीका कारण रोकिए उडान, जहाजभित्रै थुनिए यात्रु

फागुन २६, २०७७
हावाहुरीका कारण रोकिए उडान, जहाजभित्रै थुनिए यात्रु

बुधवार साँझ काठमाडौँ लगायत देशका कतिपय स्थानमा गएको हावाहुरीले उडान प्रभावित भएको छ ।

पानी र हावाहुरी सँगै परेपछि काठमाडौँबाट भैरहवा जाने २ उडान रोकिएका छन् ।

बुद्ध एयरका ५:३० र ६:३० का दुई उडान रोकिएका हुन् । त्यसपछि बुद्धले उडान नै रद्द गर्नुपरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य उडान पनि समयमै हुन नसकेका कारण अहिले यात्रुहरु रोकिएका छन् ।

जहाजभित्र राखिसकेका मानिसहरुले पनि उडान भर्न नपाएको विमानस्थल स्रोतले जनायो ।

salt training

कमेन्ट गर्नुहोस्