
मातृभूमिको रक्षाका लागि ज्यानको आहुति दिने कञ्चनपुरको पुनर्वास नगरपालिका– ८ आनन्द बजारका ३६ वर्षीय शहीद गोविन्द गौतमको आज चौथो स्मृति दिवस मनाइएको छ ।
दिवसका अवसरमा नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले शहीद गोविन्द गौतमको शालिकमा माल्यार्पण गर्दै नेपाली भूमिरक्षाका लागि आफ्नो ज्यानको आहुति दिएका शहीद गौतम देशकै आदर्शका रुपमा रहेको बताए ।
कार्यक्रमा उनले शहीद गौतमका छोरीलाई नगरपालिकाका तर्फबाट पठनपाठनका लागि सघाउ पु¥याउन आर्थिक सहयोग गर्दै आएको बताए ।
कार्यक्रममा शहीद गौतमका बुवालाई नगर प्रमुख थापाले दोसल्ला ओढाइ सम्मानसमेत गरे।
विसं २०७३ फागुन २६ गते भारतीय सीमासुरक्षा बल एसएसबीले गोली हानी गौतमको हत्या गरेका थिए ।