१८ असार २०८३, बिहीबार

जटिल बन्दै काँग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था

फागुन २७, २०७७
जटिल बन्दै काँग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था

मस्तिष्काघात भएर नर्भिक अस्पतालमा भर्ना भई उपचार गराइरहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था पुनः जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
गत फागुन १४ गते नर्भिक अस्पताल भर्ना भएका नेता जोशीको स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरबाट निकालिएको थियो। उपचारमा संलग्न डा. राजीव झाले श्वासप्रश्वास र मुटुमा समस्या भएपछि जोशीलाई भेन्टिलेटरमा सारिएको बताए । उनले नेता जोशीको स्वास्थ्य स्थिर रहेको जानकारी दिए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्