
पर्वतारोहणमा महत्वपूर्ण भूमिका रहने पथप्रदर्शकको आधिकारिकताका लागि सरकारले लाइसेन्स खुला गरेको छ। पर्यटन विभागले आगामी चैत १ देखि आवेदन दिनसक्ने गरी लाइसेन्स खुला गरेको जनाएको हो।
विभागका अनुसार इच्छुक पथप्रदर्शकले आधिकारिक वेबसाइट टुरिजमडिपार्टमेन्ट डट जीओभी डट एनपीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आवेदनका लागि इच्छुक पथप्रदर्शकले नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट आकारको दुईवटा फोटो, नेपाल पर्वतारोहण सङ†घबाट प्राप्त गरेको रातो किताबको प्रतिलिपि र लाइसेन्स द‚तुरबापत दुई हजार एक सय रुपियाँ बुझाएको भौचरसहित अनलाइन पेस गर्नु पर्नेछ। गोरखापत्रमा खबर छ ।