०३ असार २०८३, बुधबार

बुटवलको दियालो फुडल्याण्ड आगलागीबाट जल्यो

फागुन २७, २०७७
बुटवलको दियालो फुडल्याण्ड आगलागीबाट जल्यो

बुटवलको मिलनचोकमा रहेको दियालो फुडल्याण्डमा रेष्टुरेन्टमा गएराति आगलागी भएको छ ।

बुटवलको मिलनचोकको दुर्गा डिजल्स नजिकै रहेको दियालो फुडल्याण्डमा मध्यराति करिब १ः३० बजे आगलागी भएको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन । 

आगलागीबाट फुडल्याण्डको पहिलो तलामा रहेको रेष्टुरेन्ट पूर्णरुपमा क्षति भएको छ ।

आगलागीबाट करिब डेढ करोड भन्दा बढीको क्षति भएको फुडल्याण्डका प्रबन्धक मदन भण्डारीले बताए ।

तीन वटा दमकलको सहायतामा करिब ३ घण्टापछि आगो नियन्त्रणमा आएको छ । आगो कसरी लाग्यो त्यसको बारेमा थप अनुसन्धान भइरहेको र क्षतिको बारेमा थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्