×

NMB BANK
NIC ASIA

घाँस काट्न भनेर ४ सन्तासहित हिँडेकी थिइन् आमा, मदिराको कुलतले उजाडियो परिवार

फागुन २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

दैलेखको आठबीस–३ निमायलको एकै परिवारका चार जना कर्णाली नदीमा मृत भेटिएपछि गाउँले सोचमग्न भएका छन्। स्थानीयवासी प्रश्न गर्छन्– ३५ वर्षीया सुकी बडुवाल चार सन्तानसँगै किन नदीमा हेलिन् ? जतिसुकै पीडा भए पनि एक आमाले तिनै सन्तानको मुख हेरेर बाँच्ने आँट किन गरिनन् ?

Sagarmatha Cement
Muktinath Bank

प्रहरी अनुसन्धानले भने पतिले मदिरा सेवन गरी दुःख दिएका कारण सुकी चार सन्तानसहित नदीमा हाम फाल्न बाध्य भएको देखाएको छ। मानसिंह बडुवालले मदिराको कुलतमा परी दिएको यातनाका कारण उनको सुन्दर परिवार उजाडिएको हो। मानसिंहले आइतबार पनि अत्यधिक मदिरा सेवन गरे। सुकीले सम्झाउने प्रयास गरिन्। यही विषयमा पति र पत्नीबीच विवाद भयो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि सुकी चार छोराछोरीसहित घाँस काट्न जान्छु भन्दै घरबाट निस्किएकी थिइन्। सुकी छोरीहरू १४ वर्षीया कल्पना, १२ वर्षीया सरिता, ५ वर्षीया रजनी र छोरा १० वर्षीय ललितलाई साथमा लिएर हिँडेकी थिइन्। सुकीले चार छोराछोरी साथमा लिएर हिँडेका छिमेकीले देखेका थिए। सबै सन्तान लिएर हिँडेको देख्दा छिमेकीले सुकीलाई प्रश्न गरे। तर, सुकीले आफू खेतमा घाँस काट्न जान लागेको भन्दै छक्याइन्। घाँस काट्न जाने भनेपछि गाउँलेले पनि रोक्ने प्रयास गरेनन्। स्थानीयका अनुसार बाटोमा सुकीका छोराछोरीहरुले बिस्कुट किनेर खाए।


Advertisment
Nabil box
Kumari

दैलेखका डीएसपी अनुपम श्रेष्ठले गाउँबाट निस्किएपछि सुकीले छोराछोरीसहित कर्णालीमा हाम फालेको हुन सक्ने बताए। सोमबार कल्पना र सरिताको शव नदीमा फेला परेको थियो। मंगलबार सुकी र उनका छोरा ललितको शव पनि भेटियो। कल्पना र सरिताको हात एउटै डोरीले बाँधिएको र सुकीको पटुकी र छोरा ललितको टिसर्ट गाँठो परेको अवस्थामा शव भेटिएको थियो। कर्णाली नदी किनारमा बुधबार चारै जनाको दाहसंस्कार गरिएको छ। त्यसअघि अछामको मंगलसेनस्थित जिल्ला अस्पतालमा उनीहरूको पोष्टमार्टम गरिएको थियो। अन्नपूर्ण पोस्टमा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x