०३ असार २०८३, बुधबार

क्यालिफोर्निया र हङकङलाई जोड्ने समुद्री केबल परियोजनाबाट फेसबूकले झिक्यो हात

फागुन २७, २०७७
क्यालिफोर्निया र हङकङलाई जोड्ने समुद्री केबल परियोजनाबाट फेसबूकले झिक्यो हात

फेसबूक कम्पनीले प्रशान्त महासागरको मुनिबाट केबलमार्फत क्यालिफोर्निया र हङकङ जोड्ने परियोजना परित्याग गरेको छ । अमेरिका र चीनबीच तनाव चलिरहेकाले फेसबूकले यो निर्णय लिएको हो । 

फेसबूक र अन्य टेलिकम कम्पनीहरूले सन् २०१८ मा निर्माण अनुमतिका लागि निवेदन दिएका थिए । त्यसले क्यालिफोर्नियालाई हङकङ र ताइवानका दुई स्थानलाई जोड्ने थियो । 

फाइबर अप्टिक्समार्फत सञ्चार सुविधा उपलब्ध गराउने परियोजनाको लक्ष्य थियो । त्यसबाट निकै कम समयमा विशाल भोलुमका डेटाहरू पठाउन सकिन्थ्यो । 

तर चीनबाट सुरक्षा जोखिम हुने सम्भावना रहेको भन्दै यसमा वाशिङटनले अवरोध गरेको छ । 

गत जुन महिनामा यूएस डिपार्टमेन्ट अफ जस्टिसले प्रशान्त महासागरमुनि गूगल र फेसबूकले राख्न खोजेको केबलले हङकङलाई छलेर राख्न सिफारिश गरेको थियो । 

केबलको नाम प्यासिफिक लाइट केबल नेटवर्क हो र यसले अमेरिका, ताइवान, हङकङ र फिलिपिन्सलाई जोड्ने उद्देश्य लिएको छ । 

हङकङमा रहेको ल्यान्डिङ स्टेसनले अमेरिकी सञ्चार ट्राफिक बेइजिङले संकलन गर्न सक्ने जोखिममा पार्ने डिपार्टमेन्टको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्