३१ जेठ २०८३, आइतबार

दैलेखमा सडक दुर्घटना हुँदा १ जनाको मृत्यु

फागुन २७, २०७७
दैलेखमा सडक दुर्घटना हुँदा १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

दैलेखको आठबिस नगरपालिका–१ डाब स्यालाघाटमा सडक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२००१ ख ०२४७ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट १०० मिटर तल खस्दा १ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा कालिकोटका अन्दाजी ३८ वर्षीय जितेन्द्रबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरीका अनुसार गाडीमा रहेका १८ जनामध्ये १० जना गम्भीर घाइते, ५ जना सामान्य घाइते र १ जनाको मृत्यु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्