१२ असार २०८३, शुक्रबार

विद्यार्थीलाई निःशुल्क बेमौसमी तरकारीखेती तालिम

फागुन २७, २०७७
विद्यार्थीलाई निःशुल्क बेमौसमी तरकारीखेती तालिम
फाइल फोटो

बझाङको बित्थडचिर गाउँपालिकामा अवस्थित देवेश्वरी माध्यमिक विद्यालयले विद्यार्थीलाई निःशुल्क बेमौसमी तरकारीखेती तालिम सञ्चालन गरेको छ ।

तरकारी खेतीमा विद्यार्थीलाई आर्षित गरी आत्मनिर्भर बनाउने ध्येयले सञ्चालित ६५ दिने तालिममा २० विद्यार्थी सहभागी रहेका नेपाल शिक्षक संघ बित्थडचिरका सचिव सम्बोध मल्लले जानकारी दिए । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिमको कार्यालय धनगढीले तालिम सञ्चालनका लागि सहयोग गरेको थियो । तालिम शुभारम्भका अवसरमा गाउँपालिकाका अध्यक्ष प्रेम बोहारा र  विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बोहराले विद्यार्थीलाई कृषिमा आकर्षित गराउन तालिम सञ्चालन गरिएको बताए । विद्यालयमा तालिम परिषद्अन्तर्गत कृषि जेटीए पनि पढाइ हुने गर्छ । 

salt training

कमेन्ट गर्नुहोस्