श्रीलंकाका ओपनिङ ब्याट्स्म्यान दनुष्का गुणतिलकलाई फील्डिङमा बाधा गरेकोमा आउट दिइएपछि क्रिकेट जगतमा बहस शुरू भएको छ ।
बुधवार वेस्ट इन्डीजविरुद्धको पहिलो एकदिवसीयमा दनुष्का विचित्र तरिकाले आउट भएपछि श्रीलंका आठ विकेटले पराजित भयो ।
गुणतिलकले ५५ रन बनाएका थिए र कप्तान दिमुथ करुणारत्नेसँग पहिलो विकेटको साझेदारीमा १०५ रनको साझेदारी गरेका थिए । श्रीलंकालाई विशाल स्कोरतिर लग्दै गरेको बेलामा करुणारत्नेले ५२ रन बनाएर वेस्ट इन्डीजका कप्तान कीरोन पोलार्डबाट कट र यान्ड बोल्ड भए ।
म्याचको विवादास्पद क्षण २१औं ओभरमा आयो । गुणतिलक क्रिजबाहिर रहेको बेलामा पोलार्डले उनलाई रनआउट गर्ने कोशिश गरे । अनि गुणतिलकले बललाई गोडाले छोए ।
त्यसपछि पोलार्डले आउटका लागि अपील गरे । मैदानमा रहेका अम्पायर जो विल्सनले आउटको संकेत दिँदै टीभी अम्पायरलाई रिफर गरे ।
टीभी अम्पायर नाइजल गुगुइडले गुणतिलक जानीबुझीकन रनआउट रोक्न प्रयास गरेको भन्दै आउट दिए ।
श्रीलंकाको इनिङ त्यसपछि बाटो बिरायो र अशेन बन्डाराको अर्धशतकका बावजूद टीम ४९ ओभरमा २३२ रनमा अलआउट भयो ।
वेस्ट इन्डीजले जवाफमा शाई होपको ११० र एविन लुईसको ६५ रनको योगदानमा पहिलो विकेटका लागि १४३ रनको साझेदारी गरेको थियो । उसले ४७ ओभरमा दुई विकेट गुमाएर २३६ रन बनायो अनि आठ विकेटले जीत हासिल गर्यो ।
तीन म्याचको सिरीजमा वेस्ट इन्डीजले १–० को अग्रता लियो ।
#WIvSL
— Rahul ® (@RahulSadhu009) March 10, 2021
Obstruction or not ? 😵 pic.twitter.com/AblpoGG9rY