२८ जेठ २०८३, बिहीबार

जिल्ला अदालत मकवानपुरद्वारा ९०० मुद्दा फैसला

फागुन २७, २०७७
जिल्ला अदालत मकवानपुरद्वारा ९०० मुद्दा फैसला

जिल्ला अदालत मकवानपुर हेटौंडाले चालू आर्थिक वर्षको हालसम्म ८८५ मुद्दाको फैसला गरेको छ ।

अघिल्लो वर्षको जिम्मेवारी सरेका ४३१ र चालू आवको ४५४ मुद्दाको फैसला गरेको हो । १ हजार ४० मुद्दा चालू अवस्थामा रहेको सो अदालतले जनाएको छ ।

अदालतबाट प्राप्त विवरणअनुसार अघिल्लो आवको सरेको र यस वर्षको नयाँ दर्ता गरी चालु आवमा हालसम्म कूल १ हजार ९२५ मुद्दा दर्ता भएका बताइएको छ ।

अघिल्लो आवमा सरेर आएका मुद्दा संख्या ९१४ रहेको छ भने चालू आवमा हालसम्म १ हजार ११ मुद्दा दर्ता भएको छ ।
  
१८ महिनादेखि २ वर्षसम्मका ६६ मुद्दा, १ वर्षदेखि १८ महिनासम्मका १४५ मुद्दा, ६ महिनादेखि १ वर्षसम्मका ३०१ मुद्दा र ६ महिनायताका ५१४ मुद्दा चालू अवस्थामा रहेको श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

अदालतको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै उनले जिल्ला अदालत मकवानपुरमा २ वर्षभन्दा  बढीका ४ वटा मुद्दा फैसला गर्न बाँकी रहेका र मुद्दा चालू आवमा फैसला हुने बताए ।

‘विश्वव्यापीरूपमा फैलिएको कोरोना माहामारीले अदालतको फैसलामा पनि असर परेको उल्लेख गर्दे कारोना माहामारी नभएको भए पुराना मुद्दा फैसला भइसकेको हुन्थ्यो,’ उनले भने ।

‘एक मिसन एक भिजन, एक वर्षभित्र न्याय सम्पादन’  भन्ने नाराका साथ अदालतले काम गरिरहेको जानकारी दिँदै सो अदालतका नायबसुब्बा पुरुषोत्तम गुरागाईंले पञ्चवर्षीय रणनीति तयार गरी सोहीअनुसार काम भइरहेको बताए । चालू आवमा १ हजार ६१९ नयाँ मुद्दा दर्ता हुने लक्ष्य लिएको अदालतले जिम्मेवारी सरेकासहित चालू आवमा १ हजार ७२४ मुद्दा फछ्र्योट गरिसक्ने लक्ष्य लिएको गुरागाईंले जानकारी दिए ।

जिल्ला अदालत मकवानपुरले कोरोना महामारीको समयमा इजलासलाई सहज सञ्चालनका लागि  सहयोग गर्नेलाई सम्मान समेत गरेको जनाइएको छ । सो अदालतको नयाँ भवन पनि निर्माण भइरहेको छ । भवन निर्माण भएपछि काम गर्न थप सहज हुने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्