
प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले र जसपाबीच सत्ता सहकार्यलगायतका विषयमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । भेटवार्तामा जसपाले जेलमा रहेका रेशम चौधरीको रिहाइलगायतका आफूहरुको मागको सम्बोधन भएपछि मात्रै सत्ता सहकार्य गर्न सकिने विषय राखेको छ।
जसपा निकट स्रोतका अनुसार बैठकमा नेताहरुले यसपटक उधारोमा सहमति नगर्ने स्पष्ट सन्देश प्रधानमन्त्री र एमालेलाई दिइएको छ । जसपाका नेताहरुको कुरा सुनेपछि प्रधानमन्त्रीले जसपाको माग पूरा गर्न आफूहरु तयार रहेको र यसबारे थप छलफल गरेर निष्कर्षमा पुगिने आश्वासन दिएको स्रोतले बताएको छ ।
बैठकपछि प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भने छलफल सकारात्मक भएको र भोलिपनि बस्नेगरी आजको छलफल सकिएको जानकारी दिए ।