०२ असार २०८३, मंगलबार

दोभानका आगलागीपीडितलाई मोहनबहादुर बस्नेतद्वारा सहयोग प्रदान

फागुन २७, २०७७
दोभानका आगलागीपीडितलाई मोहनबहादुर बस्नेतद्वारा सहयोग प्रदान

पूर्वसूचना तथा सञ्चारमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले ताप्लेजुङको दोभानका आगलागी प्रभावित परिवारलाई सहयोग प्रदान गरेका छन् ।
 
आज आगलागी क्षेत्रको निरीक्षणपछि आफ्नो पहलमा सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकमा सङ्कलित रु छ लाख नगद आगलागी प्रभावित परिवारलाई प्रदान गरेका हुन् । उनले मेरिङदेन गाउँपालिकामार्फत वितरण हुने गरी उक्त गाउँपालिकाका अध्यक्ष गणेश चोङ्बाङलाई उक्त सहयोग रकम हस्तान्तरण गरे।
 राहत वितरण कार्यक्रममा सुनकोशी गाउँपालिका अध्यक्ष श्रवण जिसी लगायतको उपस्थिति थियो ।
 
यसैबीच आगलागीबाट पीडित परिवारमध्ये सबैभन्दा गरीब तथा निम्नवर्गको परिवारका एक जना बच्चालाई राजधानीमा नै उच्च शिक्षासम्म निःशुल्क अध्ययनका लागि सहयोग गर्ने नेता बस्नेतले बताए ।

salt training

कमेन्ट गर्नुहोस्