पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता गोकुर बाँस्कोटाले एउटा गुट समाप्त हुनासाथ फेरि गुटगत मोर्चाबन्दै गर्नु सोह्रै आना गलत भएको टिप्पणी गरेका छन् ।
शुक्रवार एक ट्वीट गर्दै नेता बाँस्कोटाले हिजोको गल्तीको आत्मालोचना त कता हो कता उल्टै गुटको भेला गरेर संस्थापनलाई धम्की दिएको भन्दै वरिष्ठ नेता माधव नेपालप्रति असन्तुष्टि जनाएका छन् ।
उने मुद्दा हारेको झगडियाले २४ घन्टा बर्बराउनु ठिकै भएपनि बाह्र महिना नै बर्बराउनु घामडपन भएको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्, माधव नेपाल पक्षमा ४३ प्रतिशत नभई २२ प्रतिशत पनि नपुग्ने जिकिर गरेका छन् ।
यस्तो छ उनको ट्वीट
मुद्दा हारेकाे झगडियाले २४ घण्टा बर्बराउनु ठिकै हाे तर वाहृ महिना वाहृैकाल बर्बराउनु चै घामटपन। एउटा गुट समाप्त हुनासाथ फेरि गुटगत माेर्चाबन्दी गर्नु साेहृै आना गलत।हिजाेकाे गल्तीकाे आत्मालाेचना त कताहोकता उल्टै गुटकाे भेलाबाट संस्थापनलाई धम्की ?४०% हाेईन २२%पनि पुग्दैन।वाहियात!
— Gokul Prasad Baskota (@GokulPBaskota) March 12, 2021