२४ असार २०८३, बुधबार

साढे दुई अर्ब रकम खर्चेर बन्यो भवन, वीरमा शल्यक्रिया सजिलो हुँदै

फागुन २८, २०७७
साढे दुई अर्ब रकम खर्चेर बन्यो भवन, वीरमा शल्यक्रिया सजिलो हुँदै

जनशक्ति व्यवस्थापनका केही कठिनाइ र प्राविधिक समस्या नआए अबको एक महिनापछि नेपालकै ठूलो र पुरानो वीर अस्पताल धाउने शल्यक्रियाका बिरामीले धेरै सुविधा पाउनेछन् ।
शल्यक्रिया सेवाका लागि मात्रै भनेर वीरमा नौतले अत्याधुनिक सर्जिकल भवन तयार भइसकेको छ ।

पित्तथैलीजस्तो सामान्य शल्यक्रियाका लागि महिनौं कुनुपर्ने, आईसीयू शय्या नपाएर निजी अस्पताल धाउनुपर्ने अनि पालो कुर्नुपर्ने झन्झट बेहोर्नुपर्दा बिरामीहरु निजी क्लिनिकमा दोब्बर, तेब्बर शुल्क तिरेर सिटी स्क्यान र एमआरआई गर्न बाध्य छन् । उपकरण खरिदका लागि टेन्डर प्रक्रिया र जनशक्ति व्यवस्थापनका कारण भौतिक पूर्वाधार तयार भए पनि अस्पताल सञ्चालन हुन नसकेको अस्पतालका निर्देशक डा केदार प्रसाद सेन्चुरीले बताए ।

सरकारले साढे दुई अर्ब रकम खर्चेर निर्माण गरेको यो भवनबाट दिइने सेवा विदेशको सुविधासम्पन्न अस्पतालको भन्दा कम देखिँदैन । मन्त्रालयबाट आवश्यक बजेट आउनेबित्तिकै सेवा सञ्चालन गर्नेगरी तयारी भइरहेको कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्