
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब पार्टी सङ्गठन निर्माणलाई अभियानका रूपमा अगाडि बढाउने बताएका छन् । नयाँ नमुना स्वास्थ्यकर्मी सङ्घ नेपालको राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्ने क्रममा प्रचण्डले पार्टी सङ्गठन बलियो बनाउन अभियान चलाउन आफू काठमाडौँ बाहिर बस्ने सोचमा रहेको पनि जानकारी दिए । नयाँ साथी खोज्ने क्रममा पुराना साथी बिर्सिएकाले पार्टी कमजोर बनेको प्रचण्डले बताए । “योसँग मिलेर होला कि त्योसँग मिलेर होला भनेर धेरै गरियो तर आफ्नै साथी छुट्दा, आफ्नै धरातल कमजोर हुँदा हामी अलिक कमजोर भएको जस्तो देखिएको पनि पक्कै हो । अब फेरि हामी आफ्नै धर्तीसँग जोडिने, आफ्नै खुट्टामा उभिने, पुराना साथीलाई एकताबद्ध गर्ने र क्रान्तिकारी साथीसँग भर पर्ने हो”, उनले भने। गोरखापत्रमा खबर छ।