२५ जेठ २०८३, सोमबार

बेलायतको म्यानचेष्टर शहरमा विस्फोट, १९ को मृत्यु, ५० घाइते

कात्तिक २०, २०७४
बेलायतको  म्यानचेष्टर  शहरमा विस्फोट, १९ को मृत्यु, ५० घाइते
बीबीसी, ९ जेठ—बेलायतको म्यानचेष्टर शहरस्थित अरिनामा बिस्फोट हुँदा १९ जनाको ज्यान गएको छ भने कम्तीमा ५० जना घाइते भएका छन् ।_96167065_95e3fc1b-43a9-4563-8772-b4bfc71c6c8d
सांगितिक कन्सर्ट सकिएलगत्तै भयानक विस्फोट भएको समाचारमा जनाइएको छ । अमेरिकी एरियाना ग्राण्डले कन्सर्टमा गीत गाएपछि विस्फोट भएको थियो ।
विस्फोट कसले र किन गरायो भन्ने बारे पुष्टि नभएपनि ब्रिटेनी प्रहरीको आतंकवाद विरोधी दस्ताले घटनालाई चरमपन्थी हमलाका रुपमा लिएको छ ।
अधिकारीहरुका अनुसार घटनास्थल नजिकैबाट अर्को एक संकास्पद विस्फोटक समेत भेटिएको थियो । जसलाई प्रहरीले डिस्पोज गरेको थियो ।
विस्फोटपछि प्रहरीले कन्सर्ट भएको वरपरमा हिँडडुल गर्न रोक लगाएको छ भने व्यापाक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्