१० असार २०८३, बुधबार

‘जन्मिसकेको बच्चालाई फेरि गर्भमा लगिदिने, केही अनिष्ट हुँदैछ देशमा ?’

फागुन २८, २०७७
‘जन्मिसकेको बच्चालाई फेरि गर्भमा लगिदिने, केही अनिष्ट हुँदैछ देशमा ?’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा एकपछि अर्को गर्दै अस्वाभाविक घटना भइरहेको बताएका छन् । उनले मुलुकमा अर्को अनिष्ट हुनसक्ने खतरा रहेको दाबी गरे । 

रुपन्देहीको बुटवलमा शुक्रवार राष्ट्रिय दलित पत्रकार संघको प्रथम अधिवेशनको उद्घाटन गर्दै प्रचण्डले नेकपा एकतालाई उल्ट्याइदिने सर्वोच्च अदालतको आदेश हुनै नसक्ने कुरा भएको टिप्पणी गरे ।

‘प्रतिनिधि सभा विघटन बदर भएपछि पनि अब रिल्याक्स गरे हुन्छ भन्ने स्थिति छैन । अनौठो–अनौठो परिस्थिति देखा परेको छ । जन्मिसकेको बच्चालाई फेरि आमाको गर्भमा लगिदिने जस्तो बढो अनौठो र अस्वाभाविक परिघटना हिजोआज देख्नुपरेको छ । त्यस्तो हुन्छ ? हुनै नसक्ने कुरा पनि हुन थालेको छ भनेपछि केही अनिष्ट हुँदैछ कि देशमा भन्ने कुराको संकेत होइन र यो ? जन्मेको बच्चालाई फेरि भित्र लगिदिने भनेको के हो यो ? हेर्दै जाऊँ अझै केही अस्वाभाविक घटना देख्नुपर्ने हो,’ प्रचण्डले भने ।  

प्रचण्डले आफूमाथि प्रतिक्रियावादीबाट घेराबन्दी भइरहेको आरोप लगाए । ‘सबभन्दा बढी घेराबन्दी ममाथि भएको धेरै गहिरो गरी बुझिरहेको छु, देशभित्रका प्रतिक्रियावादी, गणतन्त्र र समावेशी समानुपातिक नपराउनेहरू सबै मिलेर यसलाई उल्ट्याइछाड्ने कसरतमा छन्,’ उनले भने । 

प्रतिनिधिसभा पुनःस्थापना भए पनि ‘रिल्याक्स’ गरेर बस्ने अवस्था नरहेको उनले दाबी गरे । 

salt training

कमेन्ट गर्नुहोस्