०९ असार २०८३, मंगलबार

केपी ओलीले भने-कांग्रेसले सय तह जित्नु अचम्म

कात्तिक २०, २०७४
केपी ओलीले भने-कांग्रेसले सय तह जित्नु अचम्म
भक्तपुर, ९ जेठ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा कांग्रेसले एकसय तह जित्नु अचम्म भएकोबताएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।KP Oli (2)

एमालेको तर्फबाट निर्वाचित पार्टीका उम्मेदवारहरुको विजय र्‍यालीपछि भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै सिद्धान्त नभएको कांग्रेसले यत्रो सीट ल्याउँदा आफू अचम्मित भएको बताएका हुन् ।
‘कुनै सिद्धान्त नभएको कांग्रेसले स्थानीय तहको निर्वाचनमा कसरी यत्तिका सीट ल्यायो, म आफै अचम्मित भएको छु’, उनले भने। अध्यक्ष ओलीले निर्वाचन ताका बुथ कब्जा गरेको र अहिले एमाले जित्ने महानगर र नगरपालिकामा बखेडा झिकिरहेको आरोपसमेत लगाए ।

salt training

कमेन्ट गर्नुहोस्