
नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान, कानून, नियम र नैतिकताको केही मतलब नभएको बताएका छन् ।
उनले प्रधानमन्त्री ओलीले हत्यारा, डाँका, सबैलाई जेलबाट छोड्न तयार भएको तर आफू प्रधानमन्त्रीबाट हट्न तयार नभएको स्पष्ट सन्देश दिएको समेत बताएका छन् ।
उनले लेखेका छन्, ‘ संविधान ,कानुन ,नियम ,नैतिकताको केही मतलब छैन! हत्यारा,डाँका ,चोर, बलात्कारी सबैलाई जेलबाट छोड्न तयार छु! तर म प्रधानमन्त्री र मैले बनाएको मेरो गुटको राष्ट्रपति छोड्न तयार छैन!
सत्ताका लागि जुनसुकै अपवित्र गठबन्धन तयार छु। यहि नेपाल र नेपालीका लागी ओलीको स्पष्ट अडान हो।'
संविधान ,कानुन ,नियम ,नैतिकताको केही मतलब छैन!
— Ramhari Khatiwada (@RamhariKhatiwa) March 12, 2021
हत्यारा,डाका ,चोर, बलात्कारि सबैलाई जेलबाट छोड्न तयार छु!
तर म प्रधानमन्त्री र मैले बनाएको मेरो गुटको राष्ट्रपति छोड्न तयार छैन!
सत्ताका लागि जुनसुकै अपबित्र गठबन्धन तयार छु।
यहि नेपाल र नेपालीका लागी ओलीको स्पष्ट अडान हो।