०९ साउन २०८३, शनिबार

अर्बौं मूल्य पर्ने युरेनियमसहित बौद्धबाट ४ जना पक्राउ

फागुन २८, २०७७
अर्बौं मूल्य पर्ने युरेनियमसहित बौद्धबाट ४ जना पक्राउ
सांकेतिक तस्वीर

नेपालमा पहिलोपटक​ ठूलो मूल्य बराबरको युरेनियमसहित ४ जना पक्राउ परेका छन् । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले काठमाडौंको बौद्धबाट साढे २ किलो युरेनियमसहित ४ जनालाई पक्राउ गरेको हो । 

यसअघि नेपालमा यस्तो घटना भएको थिएन । पक्राउ परेका ४ जनामाथि थप अनुसन्धान भइरहेको एआईजी हरि पालले जानकारी दिएका छन् । 

यो युरेनियम नै भएको पुष्टि विधि विज्ञान प्रयोगशालाले गरिसकेको पालले बताए ।

प्रहरीका अनुसार युरेनियमको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिकेजी १८ अर्ब रुपैयाँ बराबर पर्छ ।

salt training

कमेन्ट गर्नुहोस्