०८ साउन २०८३, शुक्रबार
एमालेमा हलचल

ओलीले एकलौटी निर्णय गरेपछि खनाल-नेपाल पक्षको आकस्मिक भेला

फागुन २८, २०७७
ओलीले एकलौटी निर्णय गरेपछि खनाल-नेपाल पक्षको आकस्मिक भेला
फाइल फोटो

आफूहरूलाई थाहै नदिई गोप्य बैठक बसेर अध्यक्ष केपी शर्मा ओलीले महत्त्वपूर्ण निर्णय गरेपछि एमालेको खनाल-नेपाल समूहले आकस्मिक बैठक बोलाएको छ ।

बैठक बानेश्वरस्थित एक होटेलमा जारी छ ।

काठमाडौँमा उपलब्ध स्थायी कमिटी सदस्यहरूलाई तत्कालीन परिस्थितिका बारेमा छलफल गर्न भन्दै बोलाइएको हो ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले शुक्रवार केन्द्रीय कमिटी बैठक बोलाएर अध्यक्ष र महासचिव पदबाहेक सबै खारेज गर्ने निर्णय गराएका थिए ।

त्यस्तै पूर्व माओवादी पक्षबाट आएका २२ जनालाई केन्द्रीय कमिटीमा ल्याइएको छ भने मङ्सिरमा महाधिवेशन गर्ने तालिकासमेत सार्वजनिक गरिएको छ ।

ओलीले एकलौटी ढंगबाट निर्णय गरेपछि खनाल-नेपाल समूह रुष्ट छ ।

salt training

कमेन्ट गर्नुहोस्