०१ असार २०८३, सोमबार

सलमानकी पूर्व प्रेमिका भन्छिन्: पटकपटक यौनहिंसा भोगें, १४ वर्ष हुँदा त ममाथि बलात्कार नै भयो

फागुन २९, २०७७
सलमानकी पूर्व प्रेमिका भन्छिन्: पटकपटक यौनहिंसा  भोगें, १४ वर्ष हुँदा त ममाथि बलात्कार नै भयो

बलिउड  अभिनेता सलमान खानकी पूर्व प्रेमिका आफ्नो १६ वर्षको उमेरमा नै निकै चर्चित थिइन् । केही चलचित्रमा समेत अभिनय गरेकी उनले सलमानसँग ब्रेकअप भएपछि उनी मयामीमा बस्दै आएकी छन् । 

उनले अहिले एक खुलासा गरेकी छन् । उनले हालै पीपीङ मूनसँग भएको एक अन्तर्वार्ताका क्रममा आफू ५ वर्षको उमेरमा आफूमाथि यौन हिंसा भएको बताएकी छन् । 

उनले भनेकी छन्, पाकिस्तानमा जब म ५ वर्षको थिएँ, मेरो कुकले मलाई ३ पटकसम्म ममाथि यौन हिंसा गरे ।’

उनले आफू ९ वर्षको हुँदा पनि चौकीदारले यौन हिंसा गरे । यस्तै १४ वर्षको उमेरमा आफूलाई एक १७ वर्षीय युवकले बलात्कार गरेको खुलाएकी छन् । 

उनले आफूलाई यस्तो घटना बाहिर नल्याउन आमाबाले भनेको समेत बताइन्  । उनले भनेकी छन्, मलाई त्यतिखेर मेरा मातापिताले किन यस्तो बताए ?
 

salt training

कमेन्ट गर्नुहोस्