२४ असार २०८३, बुधबार

भारतमा एकैदिनमा २० लाखभन्दा बढीलाई कोरोना खोप

फागुन २९, २०७७
भारतमा एकैदिनमा २० लाखभन्दा बढीलाई कोरोना खोप

भारतमा एकैदिनमा २० लाखभन्दा बढीलाई  कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । 

शुक्रबारको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म २० लाख ५३ हजार ५३७ मात्राको कोरोना विरुद्धको खोप लगाइएको छ । त्यसमध्ये १६ लाख ३९ हजार ६६३ जनाले पहिलो चरणको खोप लगाएका छन् भने अरु चार लाख १३ हजार ८७४ जनाले दोस्रो चरणको खोप पनि लगाएर लाभान्वित भएका छन् । 

भारतमा ५६ दिन अगाडिदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो । खोप लगाउन देशभरी ३० हजार ५६१ ठाउँमा खोप केन्द्र स्थापना गरिएको छ । 

कुल प्रयोग भएको खोप मध्ये आठ प्रदेशमा ७४ प्रतिशत खोप प्रयोग भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्