३० जेठ २०८३, शनिबार

राष्ट्रिय परिचयपत्रका लागि दर्ता शिविर शुरू

फागुन २९, २०७७
राष्ट्रिय परिचयपत्रका लागि दर्ता शिविर शुरू
फाइल फोटो

डोटीको दिपायल सिलगढी नगरपालिकाले आफ्ना वडाभरिमा राष्ट्रिय परिचयपत्र लागू गर्नका लागि राष्ट्रिय परिचयपत्र दर्ता शिविर शुरू गरेको छ ।

नगर प्रमुख मञ्जु मलासीले शनिवार एक कार्यक्रमबीच आफ्नो व्यक्तिगत विवरण दर्ता गरी शिविरको उद्घाटन गरिन् ।

शिविर २ हप्ता अर्थात् आगामी चैत १३ गतेसम्म सञ्चालन हुने र शिविर अवधिमा छुटेका नागरिकले जिल्ला प्रशासन कार्यालयमा परिचयपत्रका लागि विवरण दर्ता गर्न सक्ने विवरण दर्ता अपरेटर पुनम बमले जानकारी दिइन् ।

नागरिकका सम्पूर्ण व्यक्तिगत तथा जैविक विवरण समेटिएको एकीकृत राष्ट्रिय परिचय तथा सूचना प्रणालीको व्यवस्थापन गर्नका लागि नागरिकलाई पृथक नम्बर सहितको राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहसँगको सहकार्यमा अभियानका रूपमा सञ्चालन गर्दै आइरहेको छ । 

अभियान सञ्चालन भएसँगै अहिले नगरपालिकमा राष्ट्रिय परिचयपत्र दर्ता गर्ने नागरिकको भीड बढेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज गुरुङले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्