०७ असार २०८३, आइतबार

राष्ट्रपतिले गरिन् कालु पाँडेको समाधिस्थल अवलोकन

फागुन २९, २०७७
राष्ट्रपतिले गरिन् कालु पाँडेको समाधिस्थल अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थमा पुगेर  पुष्पगुच्छा अर्पण गरेकी छन् ।

अनौपचारिक रूपमा पुगेकी राष्ट्रपति भण्डारीले दहचोकमा रहेको कालु पाँडेको पूर्णकदको शालिकमा माल्यार्पण गरेको ईन्द्रदह एकीकृत पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले बताए ।

राष्ट्रपति भण्डारीले दहचोकमा चन्द्रागिरि नगरपालिका–१ दहचोक १०० गन्तव्य भित्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, रणनैतिक, सामरिक, पुरातात्विक एवं रमणीय पर्यटकीय स्थल ईन्द्रदह/काजी कालु पाँडे समाधिस्थल क्षेत्रको अवलोकन भ्रमणका साथै ईन्द्र ईन्द्रायणी, मनकामना गणेश र बासुकीनागको दर्शन गरेर फर्किएकी छन् ।

राष्ट्रपति भण्डारीले दहचोकमा निर्माण गरिएको दहचोक ‘भ्यू टावर’बाट काठमाडौं उपत्यकासहित आसपासको दृश्यावलोकन समेत गरिन् । सो क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले दहचोकको ऐतिहासिक तथा धार्मिक पक्षबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल दहचोकलाई सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । दहचोकमा इन्द्रदह पनि रहेको छ । सो ठाउँमा हरेक वर्ष फागनु ९ गते इन्द्रदह पर्यटन महोत्सवमा प्रधानमन्त्री केपी शर्मा ओली सरिक हुँदै आएका छन् ।

दहचोकमा आन्तरिक पर्यटकको घुइँचो लाग्दै आएको छ । विशेषतः सार्वजनिक बिदाका दिन उपत्यका र आसपासका वासिन्दा मनोरञ्जनका लागि दहचोक पुग्ने गरेका छन् ।

दहचोकबाट काठमाडौं उपत्यकाका साथै धादिङ, नुवाकोट र गोरखालगायत क्षेत्र देख्न सकिने जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्