१३ असार २०८३, शनिबार

इटलीमा कोरोनाभाइरस सङ्क्रमणको ‘नयाँ लहर’ को चेतावनी

फागुन २९, २०७७
इटलीमा कोरोनाभाइरस सङ्क्रमणको ‘नयाँ लहर’ को चेतावनी

क्रिश्चियनहरूको पवित्र पर्व इस्टरका समय कोरोना भाइरसको सङ्क्रमण फैलिनसक्ने भन्दै इटलीका प्रधानमन्त्री मारियो ड्रागीले नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् । 

प्रधानमन्त्री ड्रागीले आगामी ३–५ एप्रिलमा पूर्ण रूपमा मुलुक बन्द गरिने घोषणा गरेका छन् । एक वर्ष अघि राष्ट्रिय लकडाउन गरेको इटलीमा सङ्क्रमण फैलिँदो क्रममा रहेपछि सङ्क्रमण रोक्न फेरि सङ्घर्ष गर्नुपरेको अधिकारीहरूले बताएका छन् । 

सोमवारदेखि विद्यालय, पसल र रेस्टुराँहरू इटलीको आधाभन्दा बढी क्षेत्रमा बन्द रहनेछन् । सबभन्दा बढी जनघनत्व भएका रोम र मिलानमा पनि लकडाउन गरिएको छ । मानिसहरूलाई स्वास्थ्य सेवा र अति आवश्यक काममा बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्