०५ असार २०८३, शुक्रबार

बैठकमा नेपाल समूहलाई ओलीकाे निम्ता

चैत १, २०७७
बैठकमा नेपाल समूहलाई ओलीकाे निम्ता

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहलाई चैत ७ गते बालुवाटारमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा आउन आग्रह गरेका छन्। एमालेको महिला संगठन अखिल नेपाल महिला संघद्वारा शनिबार राजधानीमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले नेपाल समूहलाई पार्टीमा सहयोग गर्न आउन पनि आग्रह गरे। 

‘तर केपी ओलीलाई ठेगान लगाउन फर्किन्छौं भन्ने कुरा सुनेको छु, त्यसरी आउनुभयो भने खुट्टामा ठेस लाग्नेछ,’ ओलीले भने, ‘पार्टीको काम गर्न, पार्टी बनाउन आउनुस्।’ एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आएपछि माधवकुमार नेपाल पक्षको रुवाबासी भएको ओलीको भनाइ थियो।  

‘अदालतको फैसलापछि उहाँहरू पेरिसडाँडाबाट रुवाबासी गर्दै निस्कनुभएको थियो, अर्याल होटलमा आइपुगेर एकदुई रात बास बस्नुभयो भन्ने सुनेको छु,’ उनले भने, ‘शुक्रबारको बैठकमा आउन नभ्याए पनि अर्को बैठक पर्याप्त समय दिएर चैत ७ गते बोलाएको छु, सुनिनँ भन्न पाइनेछैन।’ 

ओलीले भृकुटीमण्डपमा आयोजित कार्यक्रमबाटै नेपाल समूहलाई बैठकमा अनुपस्थित रहँदै गए विधानको व्यवस्थाअनुसार कारबाही गर्ने संकेत गरे। ‘कसैलाई पार्टी सदस्यबाट निकालेको छैन, पार्टीलाई गति दिन केही नेतालाई कामको जिम्मा दिइएको हो तर उहाँहरू दलिनमा टाउको ठोकिनेगरी उफ्रिराख्नुभएको छ,’ ओलीले भने।

 नेकपा नामको मुद्दामा सर्वोच्च अदालतले फागुन २३ गते फैसला सुनाउँदै १५ दिनभित्र मिलेर आउने समय दिए पनि मिल्न माओवादी तयार नभएको उनले बताए।नागरिक दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्