३१ जेठ २०८३, आइतबार

विभाजनतर्फ उन्मुख भयो एमाले

चैत १, २०७७
विभाजनतर्फ उन्मुख भयो एमाले

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली बलमिच्याइँ गर्दै अघि बढेपछि सत्तारूढ दल एमाले विभाजनतर्फ उन्मुख भएको छ । ओलीले पार्टी फुटाउने अभ्यास थालेको भन्दै एमालेको झलनाथ खनाल– माधवकुमार नेपाल समूहले पनि समानान्तर गतिविधि सुरु गरेको  छ ।
 सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् रूपमा फर्किएको एमालेमा समानान्तर गतिविधिले पार्टी विभाजनको स्पष्ट रेखा कोरिएको हो। प्रधानमन्त्री ओलीले शुक्रबार आफूपक्षीय केन्द्रीय सदस्यहरूको भेला गररे पार्टीको विधानविपरीत खनाल–नेपाल समूहका नेताहरूको विभागीय र प्रदेश इन्चार्जको जिम्मेवारी खोसेका थिए । 
उनले माओवादी केन्द्र छाडेर ओली समूहमा मिसिन आइपुगेका २३ जना नेतालाई समेत विधानविपरीत केन्द्रीय सदस्य मनोनयन गरेपछि खनाल–नेपाल समूह पनि आफू नै मूलधार भएको दाबी गर्दै समानान्तर गतिविधि गर्ने निष्कर्षमा पुगेको हो। कान्तिपुरमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्