२९ जेठ २०८३, शुक्रबार

आगलागीमा २३ लाखको क्षति

कात्तिक २०, २०७४
आगलागीमा २३ लाखको क्षति

 


लहान, ९ जेठ - सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा सोमबार राति खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा करिब रु २३ लाख मूल्यको क्षति भएको छ ।

बेल्हास्थित कमला खोलाको बाँध निर्माण गर्ने मजदुरले खाना पकाउने क्रममा अचानक ग्यास लिक भएर आगलागी हुँदा बाँध निर्माणमा प्रयोग हुने एक थान जेनेटर, एक सय थान प्लाई, तीन थान सिङ्गिवाटर पुल, जस्तापाता, तीन थान मोबाइल , एक थान साइकल तथा भाँडावर्तन र अन्नपातसमेत जलेर नष्ट हुँदा सो परिमाणको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बेल्हाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको स्थानीयवासीले बताएका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्