२७ असार २०८३, शनिबार

ह्वीलचेयर यात्रा गर्दै ममता बनर्जी चुनाव प्रचारमा खटिने

चैत १, २०७७
ह्वीलचेयर यात्रा गर्दै ममता बनर्जी चुनाव प्रचारमा खटिने

भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेस पार्टीकी अध्यक्ष ममता बनर्जी गोडामा चोट लागेपछि पहिलोपटक सार्वजनिक स्थानमा देखिने भएकी छन् । 

उनले आइतवार ह्वीलचेयर यात्रा गर्ने भएकी छन् । दक्षिण कोलकातामा मेयो रोडमा उनले पदयात्रा शुरू गर्नेछिन् । 

आजै तृणमूलले चुनावी घोषणापत्र जारी गर्ने कार्यक्रम थियो तर त्यसलाई स्थगित गरेको छ । 

ममतालाई लागेको चोटका विषयमा विशेष पर्यवेक्षकहरूको टोलीले निर्वाचन आयोगलाई प्रतिवेदन दिएको छ । उनी दुर्घटनामा परी घाइते भएको बताइएको । 

मुख्यमन्त्रीको सुरक्षा प्रबन्ध कडा रहेको र कसैले कुनै आक्रमण गर्ने सम्भावना नदेखिएको पर्यवेक्षकले बताएका छन् । 

मुख्य सचिव आलापन बन्द्योपाध्यायले पनि निर्वाचन आयोगलाई अनुसन्धान प्रतिवेदन सुम्पेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्