३० जेठ २०८३, शनिबार

लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट

लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट
बम विस्फोट भएको स्थान

सिरहास्थित मालपोत कार्यालय लहानमा बम विस्फोट भएको छ ।

सिरहाको लहान नगरपालिकामा रहेको मालपोत कार्यालयमा बम विस्फोट हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले जानकारी दिए । 

‘ठूलो आवज आएपछि हामी त्यसतर्फ जाँदै छौं,’ प्रमुख राजभण्डारीले लोकान्तरसँग भने, ‘अहिले केही घाइते हुनुभएको खुलेको छ ।’

प्रहरीका अनुसार घाइतेमध्ये १ जना गम्भीर छन् ।

विस्तृत विवरण आउन बाँकी नै छ ।

salt training

कमेन्ट गर्नुहोस्