२९ असार २०८३, सोमबार

नेता नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा

नेता नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' एमालेका नेता माधवकुमार नेपाललाई भेट्न नेपालनिवास कोटेश्वर पुगेका छन् ।

दुवै नेताबीच समसामयिक राजनीतिका बारेमा कुराकानी भइरहेको स्रोतले बतायो ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिने फैसला गरेपछि तत्कालीन नेकपाको प्रचण्ड-नेपाल पक्ष छुट्टिएर साविककै दलमा आबद्ध भएका थिए ।

नेता नेपाल पक्ष एमालेमै फर्किएपछि एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच अन्तरसंघर्ष चर्किएको छ ।

शनिवार माओवादी केन्द्रले बैठक बोलाएर एमालेतिर लागेका पूर्व माओवादी नेता र सांसदहरूलाई कारवाही गर्ने निर्णय गरेको छ ।

तरल राजनीतिक अवस्थामा प्रचण्ड र नेपालको भेटघाटलाई चासोका साथ हेरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्