०४ असार २०८३, बिहीबार

बजाजले सार्वजनिक गर्‍यो शून्यबाटै लाखौंलाख जित्ने अफर

बजाजले सार्वजनिक गर्‍यो शून्यबाटै लाखौंलाख जित्ने अफर

हंसराज हुलास चन्द एण्ड कं. प्रा. लि, नेपालको लागि बजाज बाइकको एक मात्र आधिकारिक वितरकले नयाँ वर्ष २०७८ को अवसरमा नयाँ बजाज किन्ने ग्राहकहरुका लागि बजाज शून्य अफर ल्याएको छ, जसबाट ग्राहकहरुले शून्यबाटै लाखौं लाख जित्न सक्नेछन् ।

यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक शोरुम वा विक्रेताबाट खरिद गर्नुपनेछ ।

यो योजना अनुसार बजाजका कुनै पनि बाइक खरिद गर्दा ग्राहकले शून्य टेन्सनका साथ शून्य प्रतिशत ब्याजदरमा बाइक किन्ने सुविधा वा क्ःक् मार्फत प्राप्त आफ्नो युनिक कोडलाई विक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएस मार्फत ४ वटादेखि ६ वटासम्म शून्य प्राप्त गरी पूरै १० लाखसम्म जित्न सक्नुहुनेछ ।

अर्थात् यस अफरमा सहभागी भएर ग्राहकले न्यूनतम पनि रु. १० हजार निश्चितरुपमा प्राप्त गर्न सक्नेछन् ।

यो योजना प्रथम विज्ञापन प्रकाशित भएको मितिदेखि अन्तिम विज्ञापन प्रकाशित भएसम्म लागू हुनेछ ।

कम्पनीका अनुसार नयाँ वर्षमा यो अफर ल्याउनको मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई शून्य टेन्सन दिएर बजाजको उत्कृष्ट बाइकहरुको सवारीले निश्चिन्त बनाउनु नै हो ।

salt training

कमेन्ट गर्नुहोस्