×

NMB BANK
NIC ASIA

एमालेमा ‘आइसब्रेक’ : ३ महिनापछि ओली–माधव नेपालबीच भेटवार्ता

चैत २, २०७७

NTC
Premier Steels

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच झण्डै साढे ३ महिनापछि भेटवार्ता हुने भएको छ ।

Muktinath Bank

पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि ओली र नेपाल समूहबीच औपचारिक रूपमा भेटवार्ता भएको थिएन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकता भंग गर्दै एमाले र माओवादी केन्द्र ब्युताइदिएपछि चैत्र ७ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा ओलीले नेपालसँग छलफल गर्न लागेका हुन् ।


Advertisment
Nabil box
Kumari

वार्ताको लागि ओलीले आग्रह गरेपछि नेपाल सहितका नेताहरू धुम्बाराहीस्थित पार्टी कार्यालयमा पुग्दैछन् । ‘अध्यक्षज्यूले भेट्न बालुवाटार बोलाउनुभएको थियो, नेता नेपालले बालुवाटार नआउने भनेपछि धुम्बाराहीमा भेट्ने कार्यक्रम तय भएको छ,’ नेपाल निकट एक नेताले लोकान्तरसँग भने । 

Vianet communication

प्रतिनिधिसभा विघटन भएपछि दुवै नेताले एकअर्कालाई आरोप–प्रत्यारोप गर्दै हिँडेका थिए । गत शुक्रवार अध्यक्ष ओलीले एकतर्फी रूपमा जिम्मेवारी हेरफेर गरेपछि माधवकुमार नेपाल समूह आक्रोशित बनेको थियो । 

नेता नेपाल पक्षका नेताहरूले आइतवार संयुक्त वक्तव्य प्रकाशित गरेर ओलीले एकपक्षीय रूपमा गरेका निर्णय नमान्ने बताएका थिए । उनीहरूले ओलीले गरेको निर्णय कार्यान्वयन नगर्न भन्दै निर्वाचन आयोगमा पत्राचार गरेका थिए । 

एकअर्काविरुद्ध वक्तव्यबाजी गर्दै हिँडेका नेकपा एमालेका दुवै पक्षबीच सोमवार हुन लागेको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x