०३ असार २०८३, बुधबार

बागमती प्रदेशमा स्थानीय सडक सुधार कार्यक्रम शुरू

चैत २, २०७७
बागमती प्रदेशमा स्थानीय सडक सुधार कार्यक्रम शुरू
फाइल फोटो

बागमती प्रदेशको राजधानी हेटौंडासँग हालसम्म सडक सञ्जाल नजोडिएका स्थानीय तहका केन्द्रलाई सडक सञ्जालसँग जोड्ने सडक निर्माण तथा सुधार कार्यक्रम शुरू भएको छ ।

बागमती प्रदेशअन्तर्गत धादिङको धुनिबेंसी नगरपालिका, काभ्रेको खानिखोला गाउँपालिका, सिन्धुलीको तीनपाटन गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकामा कार्यक्रम शुरू भएको हो ।

हेटौंडास्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमा आइतवार एक कार्यक्रमबीच बागमती प्रदेशका ४ वटा स्थानीय तहसँग सडक निर्माण तथा सुधार कार्यक्रम लागि सम्झौता भएको छ ।

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयका अनुसार बागमती प्रदेशमा ६० स्थानीय तहले कार्यक्रमका लागि माग पठाएकामा ४ स्थानीय तहसँग सम्झौता भएको हो । परियोजनाका लागि संघ, प्रदेश र स्थानीय तहले लागत साझेदारी गर्ने स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय हेटौंडाका प्रमुख मोहन चापागाईंले जानकारी दिए ।

कार्यक्रमकको शुभारम्भका अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सरकारले जनताका लागि उत्कृष्ट काम गरेको जिकिर गरे । उनले स्थानीय तहको केन्द्रबाट प्रदेशको राजधानीसम्म जोड्ने सडक रणनीतिक महत्त्वको हुने बताए ।

कार्यक्रममा मन्त्री फुयाँलले जनताको जायज माग पूरा गर्न सरकार तयार रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्