१४ असार २०८३, आइतबार

बै‌कर्स संघका पदाधिकारी र नवनियुक्त डेपुटी गभर्नरद्वयबीच भेटवार्ता

बै‌कर्स संघका पदाधिकारी र नवनियुक्त डेपुटी गभर्नरद्वयबीच भेटवार्ता

नेपाल बैंकर्स संघका पदाधिकारीहरूले नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नरहरुसँग औपचारिक भेटघाट गरेका छन् ।  

संघका अध्यक्ष भुवन दाहालको नेतृत्वमा गएको टोलीले दुबै डेपुटी गभर्नरलाई भेटेको संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले लोकान्तरलाई जानकारी दिए । 

भेटमा कुनै पनि समस्या व्यक्त नगरिएको उनले बताए । उनले भने,‘पहिलो भेट हो, हामीले बधाई तथा शुभकामना ज्ञापन गर्‍यौं, अन्य बैंकिङ समस्याहरू भने राखेनौँ ।’ 

अघिल्लो साता सरकारले डेपुटी गभर्नरमा डा. निलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको थियो । उनीहरुले भोलिपल्टै पदबहाली गरेका थिए ।  
 

salt training

कमेन्ट गर्नुहोस्