
काठमाडौं, ९ जेठ - पोखरा लेखनाथ महानगरपालिकाको मेयर पदमा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । हाल सम्मको नतिजा अनुसार एमालेले ३१ हजार ३ सय ६० मत ल्याएको छ भने कांग्रेसका उम्मेदवारले २६ हजार एक सय ६३ मत ल्याएका छन् । उप मेयरमा पनि एमालेले झण्डै पाँच हजार मतले लिड गरिरहेको छ ।